1100×100 Nabil Advert
1180_110px 89th anniversary_Nepal Bank

को बन्ला ५० लाख पाउने भाग्यमानी ‘आईएमई नेपाल लोक स्टार’मा ?

काठमाडौं । विशुद्धरुपमा नेपाली गीत–संगीतको उत्थान र विकासका लागि आयोजना भइरहेको आइएमई नेपाल लोक स्टारमा बिजेता बनेर को बन्ला ५० लाख रुपैयाँ जित्ने भाग्यमानी ? यतिबेला सबैको चासोको विषय बनेको छ । आइएमईको मुख्य प्रायोजनमा चाहना मीडिया प्रालिद्वारा उत्पादित हाल टेलिकाष्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अर्गानिक रियालिटी शो आइएमई नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगीतिक प्रतिस्पर्धा हुने भएको छ । यस रियालिटी शोमा कूल ३६ शृंखला निर्माण गरिनेछ । आफ्नै मौलिक संगीतलाई अन्तर्राष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको यस शोमा करिब १० करोड रुपैयाँ लागत रहेको छ । ७ प्रदेशका मुख्य शहरहरु धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा आयोजना गरिएकोे ओपन अडिशनमा हरेक शहरबाट ५० प्रतियोगी छनोट गरी कूल ३ सय ५० जना प्रतिस्पर्धीहरु छनोट भएका थिए । छनोट भएका ३ सय ५० प्रतिस्पर्धीमध्ये १ सय ९ जनाले निर्णायक अडिशन प्रवेश गरे । जसमा निर्णायकहरुले फेरि पनि एपिसोड ९ मा शीर्ष २५ प्रतिस्पर्धीहरु छनोट गरेका थिए ।

एपिसोड ११ मा शीर्ष २५ मध्ये २० जना भोटिङ राउन्डबाट छनोट भएका थिए । यस कार्यक्रमको एपिसोड १३ मा फेरि टप १६ छनोट भएका थिए । एपिसोड १५ मा २ जना बाहिरिएका थिए भने एपिसोड १७ मा थप २ प्रतिस्पर्धीहरु बाहिरिएका थिए । एपिसोड १८ सम्म कूल १२ प्रतिस्पर्धीहरुको यात्रा सफल रह्यो । भोटिङ राउन्डबाट छनोट हुँदै एपिसोड २० मा टप ११ बाट प्रतिस्पर्धी भीम नेपाली बाहिरिएका छन् ।
टप–टेनमा छनोट हुन सफल भएका प्रतिस्पर्धीहरुमा बिनोद दनुवार (उदयपुर), चेतन गोतामे (स्याङजा), दीपेन्द्र राई (भोजपुर), मुना अर्याल (चितवन), पविन्द्र सुनार (बाजुरा), प्रभुराज पाण्डे (बाजुरा), रामकुमार नेपाली (रामेछाप), रविराज शाह (सर्लाही), शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) रहेका छन् ।
प्रत्येक बिहिबार र शुक्रबार बेलुकी ८ः३० बजे ए.पी.वान एच.डी. र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आईएमई नेपाल लोक स्टारको प्रथम पुरस्कार ५० लाख रहेको छ भने द्वितीय पुरस्कार २५ लाख र तृतीय पुरस्कार १० लाख रुपैयाँको रहेको छ । विजेता बन्ने तीनै जनालाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था पनि रहेको छ ।

प्रकाशित समय ०९:४५ बजे

Nabil 250×250

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु