V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी मोबाइल खरिद गर्दा १० प्रतिशत क्यास ब्याक हुने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिजबीच रिचार्जर एपबाट एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्यूआरमार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा १० प्रतिशत क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार रिचार्जर एप तथा वेभसाईट प्रयोग गरी वान प्लस सेभेन मोबाइल फोन किन्दा एनआईसी एशिया बैंकको मोबाइल बैंकमार्फत् भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिने भएको छ । अन्य बैंकको मोबाइल बैंकिङ मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा भने ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना भाद्र्र १८ देखि आश्विन १ गतेसम्मका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र ग्लोबल कि टेक्नोलेजिजको तर्फबाट कम्पनीका अध्यक्ष किसन राईले हस्ताक्षर गरेका छन् ।
बैंकका हाल मुलुकभर २९७ शाखा कार्यालयहरु, ३५० एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध छन् । एनआईसी एसिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । यसका ग्राहकहरु करिब १८ लाख पुगेका छन् ।

प्रकाशित समय ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010