1100×100 Nabil Advert

पंकज श्रेष्ठले खिचेको फोटोले ७० हजार पुरस्कार पाउँदै

काठमाडौं । ‘वहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि’ फोटो प्रतियोगितामा वीरगञ्जका पंकज श्रेष्ठले खिचेको (फरक क्षमता) अटिजमका बिधार्थीलाई पढाउँदै गरेको फोटोले प्रथम स्थान हासिल गरेको छ । युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा फोटोपत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा ललितपुरको जिवित देवीका रुपमा पुजिने कुमारीलाई पढाउँदै गरेको सुनिता डंगोलले खिचेका फोटोले दोस्रो स्थान हासिल गर्दा अनिश रेग्मीको सांकेतिक भाषा प्रयोग गरेको फोटोले तेस्रो स्थान प्राप्त गरेको छ ।

सुजन श्रेष्ठ र प्रतिक गुरुङको फोटाहरुले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरणमा नेपालका वरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ नेतृत्वकोे निर्णायक मण्डलले विजेतासहित उकृष्ट ५४ फोटोहरु छानेको हो । काठमाडौंमा सम्पन्न निर्णायक चरणका निर्णायक मण्डलमा पत्रकार उज्जवल आचार्य, संचारिका समूहका अध्यक्ष नितु पण्डित थिए । प्रतियोगिताका लागि देशभरबाट १ सय ८२ फोटोग्राफरका ६ सय ३६ फोटो प्राप्त भएका थिए । निर्णायक चरणबाट विजेतासहित उत्कृष्ट ५४ वटा फोटोहरु छानिएका छन् ।


देशभरबाट प्राप्त फोटोहरुले देशको बर्तमान शिक्षाको स्थिति, विद्यार्थी, स्कूल र शिक्षक बीचको सम्बन्ध झल्काउने तस्वीरहरु रहेको निर्णायक मण्डलका प्रमुख निर्णायक नरेन्द्र श्रेष्ठले बताए । उनले फरक क्षमता भएकाहरुको शिक्षामा शिक्षक र बिधार्थीका बीचको आत्मीयता, सम्बन्ध र लगनशीलता महत्वपूर्ण रहेको हुन्छ, जुन विजेता तस्वीरले प्रष्ट देखाएको पनि बताए । प्रतियोगितामा आएका फोटोहरु नेपालको बहुभाषीय र अन्तरसंस्कृति झल्काउने रहेको अर्का निर्णायक नितु पण्डितले बताउँदै राम्रा फोटोहरु मध्येबाट विजेता सहित उत्कृष्ट तस्वीरहरु छानेको बताए । विजेताले ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ५५ हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पाउनेछन् । यसैगरी अन्य दुई सान्त्वना विजेताहरुले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विजेताहरुलाई यही २०७६ भदौ २२ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिने छ । विजेतासहित उत्कृष्ट फोटोहरुको प्रर्दशनी २०७६ भदौ २२ गतेदेखि २८ गतेसम्म नेपाल आर्ट काउन्सिल (नेपाल कला परिषद्) बबरमहलमा गरिने छ ।

प्रकाशित समय २०:३९ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु