1100×100 Nabil Advert

वाणिज्यको क्षेत्रमा उत्कृष्ठ काम गर्ने डा.अग्रवाल सम्मानित

काठमाडौं । प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्वारा प्राध्यापक डा. गोविन्दराम अग्रवाललाई सम्मानित गरिएको छ । काठमाडौंमा आयोजित ६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको हो । डा. अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ठ कार्य गरेको, स्वदेश र विदेशमा वाणिज्य क्षेत्रलाई बढावा दिएको भन्दै सम्मानपत्र, दोसल्ला र हस्तकलाजन्य मायाको चिनोद्वारा सम्मानित गरिएको हो । त्रिभुवन विश्वविद्यालयमा वाणिज्य विषय स्थापना गर्न कटिबद्ध रहेका इश्वरीलालको २०७५ मंसिर ४ गते स्वर्गारोहण भएको थियो । इश्वरीलालको सम्झानामा प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठान स्थापना गरी वाणिज्य दिवसको अवसरमा यस क्षेत्रका उत्कृष्ठ व्यक्तिलाई सम्मान गर्न शुरु गरेको इश्वरीलालका सुपुत्र प्रकाश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय १९:१४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु