1100×100 Nabil Advert

माझी बस्ती निर्माणमा माछापुच्छ्रे बैंकको आर्थिक सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले माझी बस्ती निर्माणाका लागि सहयोग गरेको छ । बैंकले श्वेताश्री फाउण्डेशनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकीकृत नमूना माझी बस्तीलाई आर्थिक सहयोग गरेको हो । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेताश्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । श्वेताश्री फाउण्डेशनले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, साँगाचोकमा माझी बस्तीको लागि ५३ वटा भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ । ५३ वटा भूकम्प प्रतिरोधात्मक आवाससहित अन्य पूर्वाधारको समुचित व्यवस्थापन गरी एकिकृत नमूना बस्तीको निर्माण गरिरहेको स्वेताश्री फाउण्डेशनलाई आवश्यक अन्य पूर्वाधार निर्माणमा सहज होस् भन्ने उद्देश्यले बैंकले ७ लाख आर्थिक सहयोग गरेको जनाएको छ । अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिए तापनि आर्थिक अभावका कारण सडक, बालबगैंचा, स्वास्थ्यचौकी, रिटेनिङ्ग वाल लगायत अन्य आवश्यक पूर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत शर्माले जनाएका छन् ।

प्रकाशित समय २१:०८ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु