नेपाल इन्भेस्टमेन्ट बैंक कनेक्टआइपिएस इ–पेमेन्ट सिस्टममा आबद्ध

नेपाल इन्भेस्टमेन्ट बैंक नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को connectIPS e-Payment प्रणालीमा आवद्ध भएको छ । अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएकोमा अब कनेक्टआइपीएसको सेवा पनि थप गरिएको हो ।
यसबाट बैंकलाई आफ्ना ग्राहकहरुलाई वैकल्पिक डिजिटल च्यानलहरु प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ, जसको माध्यमबाट ग्राहकहरले अनलाइन फण्ड ट्रान्सफर, ई–कमर्शको भुक्तानी, क्रेडिट कार्ड, बिल भुक्तानीलगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा फण्ड भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानी र अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सक्नेछन् । साथै नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्ना विभिन्न सेवा प्रदायकहरुलाई कनेक्टआईपीएसमा आबद्ध गराई अन्य सेवाहरु पनि थप्न सक्नेछ जुन अन्य सदस्य बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले पनि प्रयोग गर्न सक्छन् ।
यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले www.connectips.com मा गएर अथवा मोबाईल एपको प्रयोग गरी अथवा सेवा प्रदायकहरुको पोर्टलमा कनेक्टआइपीएसको पेमेन्ट प्रोसेसर (गेटवे) मा गएर भुक्तानी गर्न सक्नेछन् । कनेक्टआइपीएसमा प्रयोगकर्ता नभएका ग्राहकहरुले पनि नेपाल इन्भेस्टमेन्ट बैंकले चयन गरेको शाखाहरुमा गएर कारोबार गर्न सक्नेछन् । कनेक्टआइपीएस, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको भुक्तानी प्रणाली हो । यस प्रणालीमा हालसम्म ५७ बैंक तथा वित्तीय संस्थाहरुले सदस्यता लिइसकेका छन् र हालसम्म ५३ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड नेपालको वाणिज्य बैंकहरु मध्यको एक अग्रणी बैंक हो, जसले इक्रा नेपालबाट ए+ को क्रेडिट रेटिङकासाथै पाँच पटक बैंक अफ द इयर अवार्ड तथा अन्तर्राष्ट्रिय प्रकाशन युरोमनिद्वारा ‘बेस्ट बैक २०१८’ अवार्ड समेत प्राप्त गरिसकेको छ । ठूलो ग्राहक संख्या रहेका बैंकहरु मध्यको एक नेपाल इन्भेस्टमेन्ट बैंकले सदैव नविनतम सेवाहरु प्रदान गर्दै आएको छ र कनेक्ट आइपीएसमा जोडिएसँगै बैंकको सेवा प्रवाह अझ सुदृढ हुने विश्वास गरिएको बैंकले जनाएको छ ।
प्रकाशित समय १६:५१ बजे