एनआईसी एशिया बैंकले वोनश तथा नगद लाभांश दुवै दिने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई बोनश तथा नगद लाभांश दुवै दिने भएको छ । हालै सम्पन्न सञ्चालक समितिको बैठकले आ.व. ०७५/०७६ को लागि प्रति शेयर १० प्रतिशतका दरले हुन आउने रकम रु. करोड ३४ लाख २२ हजार ८ सय ७० रुपैयाँ बराबरको शेयर लाभांश तथा ११.०५२६ प्रतिशतका दरले हुन आउने ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ रुपैयाँ बराबर नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुले पाउने छन् ।
बैंकिङ्ग क्षेत्रमा तरलतामा देखिएको चुनौतीपूर्ण अवस्थाको बाबजुद पनि बैंकले आर्थिक वर्ष ०७५/०७६ मा प्रति शेयर आम्दानी र शेयर पुँजी तथा कोषमा प्रतिफल क्रमशः रु.३४.२२ र २२.७३ प्रतिशत आर्जन गर्न सफल भएको छ ।
निजी क्षेत्रबाट सञ्चालित वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै २९७ वटा शाखा कार्यालयहरु रहेको एनआईसी एसिया बैंकका ३४९ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् । बैंकको हाल करिब १८ लाख ग्राहक रहेका छन् ।
प्रकाशित समय १६:३५ बजे