1100×100 Nabil Advert

सिभिल बैंकद्वारा विद्यालयलाई तीन लाख प्रदान

काठमाडौं । शिक्षा क्षेत्रको विकास र उन्नति होस् भन्ने उद्देश्यले सिभिल बैंक लिमिटेडले विद्यालयलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । समृद्धिको लागि सिभिल बैंक भन्ने नारासहित अगाडि बढिरहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्य कलाकार एवं प्रस्तोता सन्दिप क्षेत्री केही समयअघि प्रशारण भएको ‘को बन्छ करोडपति’ टिभी कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा एक लाख साठी हजार नगद पुरस्कार जित्न सफल भएका थिए । सो रकममा थप गरी जम्मा तीन लाख पु¥याई गत वर्ष आएको हावा–हुरी प्रभावित विद्यालयको संरचना मर्मत गर्नको लागि प्रदान गरिने वाचा गरिएको थियो ।
सोही अनुरुप एक कार्यक्रमका बीच पर्सा, खुतुवा पर्र्सौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतको लागि सो रकम हस्तान्तरण गरेको छ । सो रकम सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ्ग युवराज गुरागाईंले विद्यालयका प्रधानाध्यापक रामेश्वरप्रसाद यादवलाई हस्तान्तरण गरे । यसअघि पनि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय जितपुर बाराको छत मर्मतको लागि बैंकले रकम प्रदान गरेको थियो । यो सहयोगसँगै बैंकले गरेको वाचा पूरा गरेको छ । बैंकले हाल ९६ वटा शाखाहरुमार्फत् सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय १८:०५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु