1100×100 Nabil Advert

शाखा विस्तारमा आक्रामक बन्दै राष्ट्रिय वाणिज्य बैंक

नेपाल सरकारको नीतिलाई कार्यान्वयनमा सघाऊ पु-याउँदै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक शाखा विस्तार कार्यमा निकै आक्रामक बनेको छ । पूर्णरुपमा सरकारी स्वामित्वमा सञ्चालित र आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल राष्ट्रिय वाणिज्य बैंकले पछिल्लो समय आफ्नो व्यापार विस्तारलाई समेत दु्रतगतिमा अगाडि बढाइरहेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रिय हालैमात्र वाणिज्य बैंकका १४ वटा नयाँ शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट उद्घाटन गरे । ती १४ शाखासँगै बैंकको कूल शाखा शाखा संख्या २३६ पुगेको छ । उद्घाटन भएका नयाँ शाखाहरुमा झापा जिल्लाको बाह्रदशी गाउँपालिका वडा न.- ४ स्थित शाखा कार्यालय चकचकी, मोरङ्ग जिल्लाको धनपालथान गाउँपालिका वडा न.- ४ स्थित शाखा कार्यालय कर्सिया, काठमाडौं जिल्लाको काठमाडौं म.न.पा.वडा न.-३२ स्थित शाखा कार्यालय कोटेश्वर, काठमाडौं जिल्लाकै टोखा नगरपालिका वडा नं. ७ स्थित शाखा कार्यालय टोखा, तनहुं जिल्लाको शुक्लगण्डकी नगरपालिका वडा नं. ६ स्थित शाखा कार्यालय खैरेनीटार, गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा न.- ४ स्थित शाखा कार्यालय पूर्तिघाट, नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. १६ स्थित शाखा कार्यालय टांगीकोट, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ८ स्थित शाखा कार्यालय चन्द्रौटा, दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित शाखा कार्यालय घोराही, पर्सा जिल्लाको पोखरीया नगरपालिका वडा नं. ४ स्थित शाखा कार्यालय पोखरीयाबजार, मकवानपुर जिल्लाको भिमफेदी गाउंपालिका वडा नं. ६ स्थित शाखा कार्यालय भिमफेदी, महोत्तरी जिल्लाको बलवा न.पा वडा नं. ६ स्थित शाखा कार्यालय बलवाबजार, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित शाखा कार्यालय चन्द्रपुर, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नं. ४ स्थित शाखा कार्यालय पिपरा रहेका छन् ।
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा.युवराज खतिवडाले पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे चर्चा गर्दै थप उत्पादकत्व बृद्धि हुने गरी कार्य गर्नुपर्ने बताए । उनले सामाजिक बैकिङ्गसहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताए । उनले बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहुँचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि बताउनुपर्ने बताए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति कार्यक्रमलाई सफल बनाउन राष्ट्रिय वाणिज्य बैंक खरोरुपमा उत्रेको बताए । राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले सीमित स्रोत साधनको अभावमा पनि राष्ट्रिय वाणिज्य बैंकले उत्कृष्ठ सेवासहित सर्वाेत्कृष्ठ मुनाफा गरेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले बैंकिङ्ग प्रविधिलाई आत्मासाथ गरी समग्र बैंकको सुदृढिकरणको लागि Clean & Smart RBB with Consolidation अभियान संचालन गरिरहेको बताए ।
बैंकले गत आ.व. २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपैयाँ र बेस रेट ५.५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।

प्रकाशित समय १६:०६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु