‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजनामा डेढ करोडको बीमा हुने

काठमाडौ । बैंकमा खाता खोलेर बचत गर्दा बीमासमेत हुने गरी मेगा बैैंक लिमिटेडले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना ल्याएको छ । यो हालसम्मकै सबैभन्दा बढी बीमा रकम प्राप्त गर्न सकिने खाता भएको बैंकको दावी छ । ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना सञ्चालनमा ल्याएको जनाएको छ । खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानका लागि यो खाता खोल्न सकिनेछ । खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, २० हजार र ३० हजारका तीन वटा विकल्पहरु राखिएको छ । तीन फरक योजनाहरुमध्ये आफूलाई उपयुक्त योजना छनौट गर्न सकिने छ । जसबाट दूर्घटना मृत्यु बीमा, घातक रोग बीमा र उपचार खर्चसमेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम १ करोड ५० लाखसम्मको बीमा सुरक्षाको व्यवस्था गरिएको छ । यो बाणिज्य बैंकहरुले प्रदान गर्दै आएको बीमा सुरक्षा रकममध्ये हालसम्मकै सर्वाधिक रकम हो । यो खाता खासगरी निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमूलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, विभिन्न पेशा व्यावसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने मेगा बैंकको विश्वास छ ।
ग्राहकहरुको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकको यस योजनालाई ग्राहकहरुले अत्याधिक मन पराउने मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीको विश्वास छ । यो खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यसका अलवा मेगा बैंकले यसअघिदेखि नै न्यूनतम मौज्दात एक हजारदेखि नै बिमा सुविधासहितको बचत योजना पनि उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित समय ०९:३१ बजे