V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सिटिजन्स बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल बैंकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको संचालक समितिको बैठकको निर्णयानुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागू हुने गरी बैंकले आफ्ना सम्पूर्ण शेयरधनीहरुलाई आ.व. २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने १ अर्ब ४ करोड ५२ लाख ७ हजार ७ सय ७३ रुपैयाँ नगद लाभांश र ३ प्रतिशतले हुने रु. २५ करोड ११ लाख ३१ हजार ९ सय ४३ रुपैयाँ बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोही अवधिभित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरी अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडि सारेको छ ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010