V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

रेनोले ल्यायो ‘रेनो शुभ दिन छ’ का साथ चाडपर्व अफर

काठमाडौं । रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल प्रालिले दशैंतिहार चार्डपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभ दिन छ’ स्किम सञ्चालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्नेछन् । यो स्किम दशैं तथा तिहारलाई मुख्य लक्ष्य बनाएर ‘अब रेनोसँग हरेक दिन शुभ दिन’ भन्ने नारासहित सार्वजनिक गरिएको हो ।
‘रेनो शुभ दिन छ’ लाई शुभ र दिनबाट लिइएको हो, जसले रेनो गाडी भएमा हरेक दिन शुभ हुन्छ भन्ने बुझिन्छ । हरेक रेनो गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको नगद छुटका साथ विभिन्न फाइदाहरु पाउन सक्नेछन् । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्स्योरेन्स, फ्रि एशेसरिज, लोयल्टी बोनस, एक्सचेन्ज बोनस र ५ वर्षको वारेन्टी रहेको छ । यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको छ । यो चाडपर्वको सिजनमा रेनो कारसँग खुसी साट्दै आफ्नो जीवनशैलीलाई उच्च बनाउनु होस् । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010