नेपाल बङ्गलादेश बैंकले थप्यो आधा दर्जन शाखा

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आधा दर्जन शाखा थप गरेको छ । बैंकले ललितपुरको सानेपा, काठमाडौंको टोखा र तिलगङ्गा, भक्तपुरको च्यामासिङ, दाङको तुल्सीपुर र सिन्धुपाल्चोकको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन गरी कारोबार शुरु गरेको छ ।
बैँकले सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले शाखा सञ्जाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको बताएको छ । ती शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ । यी ६ शाखाहरुसहित बैंकले ९४ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको जनाएको छ ।
प्रकाशित समय ०७:४२ बजे