1100×100 Nabil Advert
1180_110px 89th anniversary_Nepal Bank

सेञ्चुरीको प्रिमियम पेरोल म्यानेजमेन्ट खातामा सुविधै–सुविधा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर १ हजार रुपैयाँमा बचत खाता खोल्ने गरी विभिन्न सुविधासहित ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ योजना ल्याएको छ । जसमा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिकरुपमा ब्याज भुक्तानी हुनेछ । ग्राहकहरुले ७ लाख बराबरको आकस्मिक दूर्घटना बीमा र एक लाखसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउने छन् । साथै निस्शुल्क एसएमएस, मोबाइल र ई बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा छ । सरल कर्जा प्रवाह बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित समय २२:३८ बजे

Nabil 250×250

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु