1100×100 Nabil Advert

सूर्या लाइफ इन्स्योरेन्सले भदौ ८ बाट हकप्रद शेयर निष्काशन गर्ने

जीवन बीमाको क्षेत्रमा आफ्नो विशिष्ठ पहिचान बनाउन सफल सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ८८ करोड ७४ लाख ९ हजार ६ सय रुपैयाँ बराबरको हकप्रद शेयर निकाष्शन गर्ने भएको छ । यही भदौ ८ गतेबाट हाल कायम रहेको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँबाट १० बराबर ७ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ८८ लाख ७४ हजार ९६ कित्ता शेयरको बिक्री खुल्ला गर्न लागेको हो । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयर बिक्रीको समय असोज १२ गतेसम्मलाई कायम रहने कम्पनीले जनाएको छ ।

प्रकाशित समय २२:१८ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु