कुमारी बैंकमा एउटाको खाताले परिवारकै सुरक्षा कसरी हुन्छ ?

कुमारी बैंक लिमिटेडले बैंकिङ क्षेत्रको इतिहासमै बिल्कूलै फरक र नयाँ योजना ल्याएर कार्यान्वयनको चरणमा छ । ‘शुरु गरौं परिवारको सुरक्षाको संस्कार’ भन्ने नाराका साथ कुमारी बैंकले ल्याएको ‘कुमारी परिवार सुरक्षा बचत खाता’ बुबा वा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य– आमा वा बुबा आफैं तथा दुई सन्तानको स्वतः बीमा हुने प्रावधान छ । यो बचत खातामा न्यूनतम १० हजार मौज्दात हुनुपर्नेछ भने वार्षिक ६.५ प्रतिशत ब्याजदरसमेत लागू हुने बैंकले जनाएको छ ।
यस खातामा २६ लाखसम्मको परिवारको बीमा गरिएको छ । जसमा दम्पतिको आकस्मिक दूर्घटना बीमा, पूर्ण शारीरिक अशक्तता बीमा, परिवारको सदस्यका लागि १० घातक रोगहरूका लागि बीमा, परिवारको औषधोपचारको बीमा सुविधा पनि समावेश गरेको छ । यस खातामा इन्टरनेट बैंकिङ्ग– निःशुल्क, मोबाइल बैंकिङ्ग– पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड– पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुने बताइएको छ । कुमारी बैंक लिमिटेडले हरेक वर्गका ग्राहकका लागि उच्च सुविधायुक्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
एकजनाको खाता कुमारी बैंकमा खोल्दा सम्पूर्ण परिवारको सुरक्षा बीमा गरिने खाता योजनामा १८ देखि ६५ वर्ष उमेरसम्मको व्यक्ति सहभागी हुन सक्छन् र त्यही उमेरको व्यक्तिले यसअन्तर्गतको सुरक्षा पाउँछन् । खातावालको पति वा पत्नी तथा २१ वर्ष उमेरसम्मका दुईजना छोराछोरीले यो योजनाको सुरक्षा पाउँछन् । यस खाता अन्तर्गत खातावालाको पति वा पत्नीलाई केही भयो भने त्यसमा २० लाख रुपैयाँसम्मको बीमा सुरक्षाको व्यवस्था हुन्छ भने गम्भीर प्रकारको रोगमा उपचार बीमा सुविधा भनेर ५ लाख रुपैयाँसम्म प्रदान गरिन्छ । त्यसमा खातावालाको पति वा पत्नी तथा छोराछोरी जो बिरामी भए भने पनि ५ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउँछन् । त्योबाहेक अस्पतालमा भर्ना भएर उपचार गर्न परेको अवस्थामा परिवारको चारजनामध्ये जो बिरामी भए पनि १ लाख रुपैयाँको औषधोपचार बीमा व्यहोरिन्छ । त्यसका लागि खातामा न्यूनतम बचत १० हजार रुपैयाँ भने हुर्नैपर्ने हुन्छ । त्योबाहेक उसले खाता खोल्दा पछिल्लो ३ महिनामा रहेको औसत बचतको पाँच गुणा वा अधिकतम बीमा रकममा जुन कम हुन्छ त्यो मात्र दाबी गर्न पाउँछ ।
यसरी हेर्दा कुमारी बैंकको ‘परिवार सुरक्षा बचत योजना’मा एकजनाको खाताले सम्पूर्ण परिवारको दायित्व बहन गर्छ । यो नै महत्वपूर्ण कुरा हो ।
प्रकाशित समय २२:३५ बजे