1100×100 Nabil Advert

सेञ्चुरी बैंकले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी सुविधा उपलब्ध गराउने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी उपलब्ध गराउने भएको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई गरेको संशोधनबमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

बैंकले १ करोड ५० लाखको बैंक ग्यारेण्टी पाँच बर्षको लागि जारी गर्नेछ । जसमा नगद मार्जिन २० लाख र कमिशन ४ लाख मात्र हुने जनाइएको छ । त्यस्तै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि रहेको जानकारी दिएको छ । ती सुविधाहरुले वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रकाशित समय ०९:५१ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु