1100×100 Nabil Advert

मेगा बैंकले थप्यो स्वयम्भूमा एक्सटेन्सन काउन्टर

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको स्वयम्भु ठूलो भ-याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सो एक्सटेन्सन काउण्टरको उद्घाटन मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्था कार्यालय ठूलो भ-याङका कार्यालय प्रमुख कमला थापाले संयुक्तरुपमा गरे । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास रहेको पोखरेलले बताए । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।

प्रकाशित समय २१:५३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु