V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

आइएमई जनरल इन्स्योरेन्स नगर र गाउँहरुमा सम्झौता गर्दै

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले अहिले विभिन्न नगर र गाउँहरुमा बीमा गर्नेगरी धमाधम सम्झौता गर्न थालेको छ । हालैमात्र धादिङको निलकण्ठ नगरपालिकासँग सो नगरपालिकाका सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा लगायत व्यक्तिगत दूर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले हस्ताक्षर गरे । उक्त सम्झौतापश्चात निलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्नेछन् भने नगरपालिकाले आफ्ना नगरबासीहरुको पशु धन, कृषि तथा नगरबासीहरुको दूर्घटना बीमा गराई नेपालमा एक नमूना नगरपालिकाको रुपमा आफूलाई स्थापित गरेको छ । सोही अवसरमा नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले आफूले आफ्ना नगरवासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुका पशुपंक्षी, बालीनालीको बीमापश्चात कुनै कृषक दाजुभाई तथा दिदीबहिनीको पशुधनको मृत्यु भएमा तथा कृषिमा कुनै दूर्घटना भएमा सोको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तिको बीमा गरी ढुक्क भएर पशुपक्षी पालनलयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरेका थिए ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नगरपालिकाले आफ्ना नगरवासीलगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे भने आफ्ना नगरवासीहरुको सम्पत्तिको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भूमिका निर्वाह गरी सराहनीय कार्य गरेकोमा नगर प्रमुख भीमप्रसाद ढुंगाना, प्रमुख प्रशासकीय अधिकृत लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिंदै कम्पनीले नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।

प्रकाशित समय ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010