V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

माछापुच्छे्रले थप्यो दुई शाखारहित बैंकिङ सेवा

माछापुच्छ«े बैंक लिमिटेडले हालै दुईवटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । सिराहा जिल्लाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी थपिएका दुईसमेत गरी माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म २७ शाखारहित बंैकिङ्ग सेवा सुचारु भइसकेका छन् ।

ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । बंैकले देशभर ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरलगायत २७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११५ स्थानबाट ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010