प्रभु बैंकले मुस्ताङमा थप्यो दुई शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लामा दुईवटा शाखा विस्तार गरेको छ । प्रभु बैंकले हालैमात्र मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी दुईवटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा बैकिङ्ग पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्यसहित बैंक प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ्ग जिल्लामा शाखा विस्तार गरेको जनाएको छ । मुस्ताङ्ग जिल्लास्थित बैंकको लोघेकर दामोदरकुण्ड तथा लोमान्थाङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ–संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । यी दुई शाखाहरुसँगै मुस्ताङ्ग जिल्लाका सबै गाउँपालिकाहरुमा प्रभु बैकको शाखाहरुबाट बैकिङ्ग पहुँच पुगेको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जनाएका छन् ।
प्रकाशित समय ०८:४९ बजे