MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

यसकारण चासो बढ्यो एनएमबि बैंकको तलब खातामा

हरेक मानिसले सहजरुपमा सेवा–सुविधा जहाँ प्राप्त गर्छ, त्यस ठाउँमा बढी ध्यान दिन्छ, त्यो स्वभाविक प्रक्रिया हो । यतिबेला एनएमबि बैंकले ल्याएको तलबी कर्मचारी लक्षित सर्वाधिक व्याजदर उपलब्ध गराउने ‘तलब खाता’ले धेरै कर्मचारीको ध्यान आकृष्ट गरेको एनएमबि बैंकले जनाएको छ ।
तलबी कर्मचारीहरुलाई लक्षित गर्दै सर्वाधिक व्याजदर दिने गरी ल्याइएको एनएमबि तलब खाताले नेपालभरि उत्साहजनक सहभागिता हासिल गरेको बैंकले जनाएको छ । ७ प्रतिशत उच्च ब्याजदर प्रदान गरिने उक्त खातामा बैंकले विभिन्न सुविधाहरु निःशुल्क उपलब्ध गराएको छ । जसमध्ये एक ‘एनएमबि डिलाइट कार्ड’ पनि हो, जसबाट खातावालाहरुले देशभर छरिएर रहेका जुनसुकै बैंकका एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथै ५ लाखसम्मको दूर्घटना बीमाको सुविधासमेत सो खातामा रहेको छ । ‘नेपाल सरकारको हरेक कर्मचारीको एक तलब खाता’ हुनपर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भएसँगै सर्वश्रेष्ठ सुविधाहरु सम्पत्र तलब खाता ल्याउने एनएमबि पहिलो बैंक पनि हो । ‘एनएमबि तलब खाताले बजारमा पाएको सकारात्मक प्रतिक्रियाले हामी निकै उत्साहित छौं र निकट भविष्यमा पनि यस्तै सुविधायुक्त सेवाहरु बजारमा ल्याउन थप प्रोत्साहित भएको एनएमबीले बैंकले जनाएको छ । स–साना व्यापार–व्यवसायदेखि ठूल–ठूला उद्योगहरु, विभिन्न जलविद्युत् आयोजनाहरुमा समेत ऋण प्रवाह गरिरहेको एनएमबि बैंकको नेतृत्वमा पछिल्लो समयमा ६ अर्ब ७५ करोड होङ्सी शिवम् सिमेन्ट उद्योगलाई मात्र लगानी गर्न सफल भएको छ । यसले पनि नेपाली बैंकको क्षमता विस्तार हुँदै गएको प्रमाणित भएको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताएका छन् ।

प्रकाशित समय १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु