उत्प्रेरणाका साथ शिक्षा दिंदा विद्यार्थीलाई पढ्न जाँगर चल्छ
आज नेपालमा गुणस्तरीय शिक्षाको बारेमा विभिन्न तरिकाबाट व्याख्या गरेको पाइन्छ । पाठ्यक्रमले तोकको निर्दिष्ट विषयवस्तु पाठ्यभार शिक्षण घण्टा शिक्षण पध्दतिलाई राम्रोसँग बुझी सिकाइ उपलब्धी उच्चतम विन्दुमा पुगेको नतिजा प्राप्त भयो भने गुणस्तरीय शिक्षा प्राप्त भयो भनिन्छ । मूल्याङ्कन गर्दा राम्रो जीपीए प्राप्त भएमा गुणस्तरीय शिक्षा प्राप्त भयो भनिन्छ । जीवनमा आइपरेका समस्या समाधान गर्न सक्ने क्षमता अभिबृध्दि गर्नुलाई गुणस्तरीय शिक्षा भनिन्छ । उच्चतम अंड्क प्राप्त गरी उत्कृष्ट व्यवहारिक समस्या समाधान गर्न सक्नु नै गुणस्तरीय शिक्षा हो । नीति, नियम, योजना, कार्यक्रम शिक्षण सिकाइलाई मध्यनगर गरेर आजको शिक्षाको स्तर उकास्न पर्ने अवस्था छ । योजना छैन भन्दा छ, बजेट पनि छैन भन्दा छ । योजना परियोजना कार्यक्रम प्रत्यक्ष अप्रत्यक्षरूपमा गुणस्तरीय शिक्षाका लागि नगरिएका पनि होइन् । तर पनि आजसम्म आइपुग्दा झन स्तर किन खस्कदैछ । सामुदायिक शिक्षाको स्तर दिनप्रति दिन खस्कनुलाई के भन्ने ? शिक्षाले जीवनलाई कसरी सहज र सरल तरिकाले जीउने भन्ने सिकाउनु अति नै आवश्यक भईसकेको छ । व्यवहारमा परिवर्तन, कार्यक्षमतामा अभिवृद्धि गरी शिक्षण सिकाइको दूर अवस्था हटाउन परेको छ ।
सक्षमतामा आधारित पाठ्यक्रमले विद्यार्थीले के जाने भन्दा पनि के गर्न सक्दछ भन्ने जोड दिएको भए ज्ञान र सीपको मेल हुन सक्थ्यो । उत्प्रेरणा सघं संस्थाका उद्देश्य प्राप्तिका लागि त्यहां रहेका अध्यक्ष÷प्रमुख लगायत सदस्यहरूको तीब्र इच्छ,चाहाना जगाई उत्प्रेरित गर्नुलाई उत्प्रेरणा भनिन्छ । उत्प्रेरित गर्दा प्रमुख लगायत सदस्य÷कर्मचारीहरू सबैलाई कार्य गर्न बल पुग्दछ । मनोबैज्ञानिक हिसाबले हेर्ने हो भने यो मानवीय पक्ष पनि हो । साथै यसले काम गर्न उत्सुकता पैदा गर्दछ । सककस्थाका कर्मचारीहरूलाई आफ्नो काम प्रति सन्तुष्टि दिलाउने काम गर्दछ । असल भावना ईच्छाको रूपमा पनि यसलाई लिन सकिन्छ । सकरात्मक र रचनात्मक अनि गतिशील वा अग्रसर हुनु पनि उत्प्रेरणा हो भनिन्छ । विद्यार्थीहरूलाई उत्सुकता जगाई मनका भावनालाई शैक्षिक क्रियाकलाप गरी उत्सुकता सिर्जना गरी अगाडि बढाई रहनु पर्दछ ।
ज्ञान विनाको सीपले पनि मानिसलाई परिस्कृत बनाउन सक्दैन । शिक्षामा विधिवत बुझाइ र सामाजिक प्रयोग हुन आवश्यक छ । उच्चतम जीपीए ल्याएको व्यक्तिले अभिभावकलाई सन्तुष्टित त मिल्ला तर उच्च शिक्षा अध्ययनमा सफलता, सामाजिक प्रयोग, स्वस्थ्यकर जीवनयापनमा सहयोग पु¥याउन कठिन हुन्छ । आज गिर्दो शैक्षिक उपलब्धीमा हचुवापन, अनुगमनको अभाव, शिक्षासेवी प्रति देखाईको हेलत्व आदि करण हुन भने यसलाई सुधार्न गर्न विद्यालय शासन पद्धतिलाई सिकाइ पद्धतिलाई आत्मसाथ गर्न सक्ने गुणस्तरीय नेतृत्वको कमी नै हो । लोकतान्त्रिक सरकारले पुरस्कार र शिक्षा पद्धति निर्माण गर्नु उसको चरित्र नै हो । आज गुणस्तरीय शिक्षा भनेको परीक्षा दिनु उत्तीर्ण हुनु चिन्तन हावी हुनु नै हो । प्राविधिक शिक्षामा आज २२औ शताब्दिका आइपुग्दा पनि प्राविधिक धारलाई सोचे जस्तरी अगाडि बढाउन नसक्नु नै हो । राम्रोसककग सिक्ने र विक्ने शिक्षा भनेको प्राविधिक हो । निजी क्षेत्रलाई स्वीकृत दिन हिच किचाउनु पनि प्राविधिक शिक्षाबाट जनतालाई वन्चित गराउनु नै हो । शिक्षामा नयाँ सोच (चिन्तन) खोई ? पढाउन सक्नेले निजी विद्यालयमा पढाउछन् । राम्रो शिक्षा पाउँछन् यसमा देशको के जान्छ । जनता शिक्षित हुन्छन् । देशलाई टेवा दिन्छन् । यसो हुनुको पछाडि शिक्षामन्त्री देखि तलका संरचनामा असल र दक्ष व्यक्तिको नियुक्ति नहुनु पनि हो । सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने भने पनि गणतान्त्रात्मक संविधान आएर देखि शिक्षाको स्तर उकास्नु पर्दछ भनेर लागेको देखिएको छैन ।
शिक्षा विकासका लागि ऐन, नियम, नीति, पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा एउटा नेतालाई जिम्मा दिदा दलित, पहाडि, जनजाति, महिला, पिछडा वर्ग भनेर त्यस्ता व्यक्ति नियुक्त गर्दा असल व्यक्ति नियुक्ति नहुदा शिक्षा क्षेत्र नै चौपट हुन पुगेको छ । गुणस्तरीय शिक्षाको शत्रु नै यिनी हुन् । शिक्षा लगानीमा आत्मकेन्द्रित सोचाइ हुनु पर्दछ । पद्धति, प्राथमिकता, अनुसन्धान आदि नभएको हुदा गुणस्तरीय शिक्षाको लागि वाधक नेपालमा यूरोपमा अविष्कार भएको छापाखाना भित्रिन ४ सय वर्ष लाग्यो । चीनमा आविस्कार टिकटक नेपालमा आउन ४ महिना पनि लागेन । पुस्तकालयको अभावका कारण नै पुस्तक पढ्ने बानीको विकास हुन गाह्रो भई रहदा इन्टरनेट भित्रिदा पठन पध्दतिमा केही सहज भएको छ । अम्मलीका रूपमा यो पठन पध्दति वृद्धि हुदा पुस्तक पढ्ने बानीको विकास भई सृजनशील हुदा बढी ज्ञान, दक्षता, क्षमता, प्राप्त ज्ञान सीपलाई समाजमा हस्तान्तरण गर्न सहज भएको छ ।
यदि पुस्तक पढ्ने बानी बस्यो भने मानिसलाई खुशी हुदै सृजनशील बनाउदै स्मरण शक्ति बढाउछ । मानसिक र शरीरिक स्वस्थ्य तन्दुरूस्त हुन्छ । निद्रा पनि लगाउँछ । पढ़ने मानिस दयालु हुने, अध्ययनशील हुने अध्ययनले देखाएको छ । इन्टरनेट बढी चलाउने मानिसलाई बढी निन्द्रा नलाग्ने बेखुशी बनाउने, डिप्रेसनको सिकार हुने जस्ता कारण देखिएका छन् भने अपराधी प्रवृति पनि देखा पर्न थालेका छन् । नेपालमा पढ्ने बानी विकास नहुनुका कारण पढुँ–पढुँ जस्तै वातावरण पनि छैन । स्थानीय निकाय पनि अनुत्पादक कार्य गर्नमा साहास सम्झेको छ । भ्यूटावर, स्वागतद्वार निर्माणमा नै होडवाजी छ । सानदार पुस्तकालय बनाएर त्यस्तो पुस्तकालयमा पुग्नै पर्ने ठाउँ बनाउन सकेको छैन मन्दिरमा अर्वौका जलहरी राख्ने चलन बढेको छ ।
बालबालिकामा डिप्रेसनको समस्या हुँदैन भन्दछन्– तर एक अध्ययनले के देखाएको छ भने १४ वर्ष भन्दा मुनीका पाँच बालबालिका मध्ये एकमा डिप्रेसन हुन्छ भनेर देखाएको छ । यसको कारण धेरै छन्, त्यसमध्ये परिवारमा कलह, बेवास्ता बालहिंसा, दुव्र्यवहार, अनावश्यक नियन्त्रण, अभिभावकको मृत्यु, दण्ड सजाय, पढाइको तनाव, घरमा पारपाचुके आदि छन् भने वंशानुगत कारणले पनि डिप्रेसन हुनसक्छ । बालबालिकाले सही शिक्षा पाएनन् भने पनि डिप्रेसन हुन सक्छ । मोबाइल मिडियो, तथा सोसल मिडियामा बढी समय विताउनेलाई पनि डिप्रेसन हुनसक्छ । यी माथिका कारणले गर्दा डिप्रेसन हुनसक्छ । यसका लक्षण पनि छन् । डिप्रेसनले उनीहरूको आनिबानीमा अस्वाभाविक परिवर्तन देखिन्छन । एकोहोरो हुने, जिद्दी गर्ने, खान मन नगर्ने र कहिले धेरै खाने आदि लक्षण देखिन्छ । त्यस्तै एक्कासी रिसाउने, झर्कने, पढाइमा रुचि नहुने, खेल्न घुम्न मन नलाग्ने लक्ष्मण कम देखिन्छन । ध्यान केन्द्रित गर्र्न नसक्ने निन्द्रामा झस्कने, निष्क्रिय हुने जस्ता लक्षण पनि देखा पर्दछ । वालवालिका खुलेर कुरा नगर्ने, अनावश्यक रूपमा धेरै खुशी र धेरै दुःखी हुने गर्दछन् । विनाकारण रूने बेचैन हुने, चिडचिडापन देखिने आदि । धेरै वर्वराउने, अससँग घुलमिल नहुने पेट टाउको दुःख्ने जस्ता लक्षण पनि हुनसक्छ ।
समाधानका उपयमा अभिभावकले वालवालिकालाई डिप्रेसन कम गर्न सहयोग पु–याउनु पर्दछ । घर परिवारले विशेष ध्यान दिनु पर्दछ । उनीहरूका समस्याका वारेमा कुरा गर्नु पर्दछ । वालवालिकालाई पर्याप्त समय दिनु पर्दछ । उनीहरूको भावनालाई सम्मान गर्नु पर्दछ । पढाइको अनावश्यक बोझलाई कम गर्ने गर्नु पर्दछ । मनोरञ्जनको वातावरण मिलाउनु पर्दछ । साथै विज्ञको सहायता पनि लिनु पर्दछ । ज्ञानको मन्दिर वा पुस्तकालय र विद्यालय बनाउन त्यति उत्साह छैन। पढेपछि पाईने प्रतिफल भूमिका महत्वपूर्ण छ त्यसैले राम्रो वानी बसाल्न इनामको रूपमा पैसा, खाना वा प्रशंसा गरिदिने चलन पनि कतिपय देशमा यस्तो चलन छ । नर्वेमा लगभव एउटा व्यक्तिले एक वर्षमा १५ वटा पुस्तक पढ्दछन् भन्ने आँकडा छ ।
पुस्तक प्रकाशन गर्न महगो भएकोले त्यहाँ पुस्तक निकाल्ने मानिसको कर मिनाहा गर्ने, पुस्तकको विक्री मूल्य तोक्ने र सरकारले नै एकहजार प्रति पुस्तक किनेर पुस्तकालयलाई वितरण गर्ने चलन छ । आइसल्याण्डमा पनि प्रतिव्यक्ति बढी लेखक भएको र पुस्तक बढी प्रकाशन हुन्छन् भन्ने भनाइछ । फिनल्याण्डका मानिस संसारका अरु देशका भन्दा बढी पुस्तक पढ्दछन् भन्ने भनाई छ । त्यहाँ छ हजार जनसंख्या बराबर एउटा पुस्तकालय छ । मानव जातिकै विशिष्ट गुण आफूले जानेका कुरा आफ्ना सन्तानलाई सिकाउने नै हो । नयां कुरा कुरा सिक्नका लागि पठन संस्कृतिको विकास धेरै पछि मात्र भएको हो । मानिसले पढ्ने र लेखने गएको करिव पांच हजार वर्ष अगाडि देखि हो । यूरोपमा छापाखानाको विकास गरेर मेसिनमा छाप्न थालेपछि मात्र मानवको हातमा पुस्तक पुगेको हो । पठन संस्कृति त मानव विकास भएको धेरै समय पछि मात्र विकास भएको हुदा यो जन्मजातका रूपमा लिन सकिँदैन । आधुनिक शिक्षाको विकास भएसँगै बाँच्नका लागि सीप सिक्नै पर्नै बाध्यता भएको हुदा यति खेर खानु, सुत्न, हिड्नु, जतिकै पुस्तक पढ्नु पनि आवश्यक भएको छ ।
प्रकाशित समय २१:४१ बजे


















