नेप्से ३२ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८४ करोड, परिसूचक २५ सय भन्दा तल
Reporter
असोज १०, २०८१
काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक फेरि घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज दोहोरो अंकले नै घटेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३२ दशमलव ८१ अंकले घटेर २४८६ दशमलव ७६ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.३० प्रतिशतले कम हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २०२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३८ कम्पनीको मात्रै बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको ।
मंगलबार २५०० विन्दु भन्दा तल पुगेको सेयर बजार परिसूचक बुधबार फेरि २५०० विन्दु माथि पुगेको थियो । तर आज फेरि २५०० विन्दु भन्दा तद पुगेर बन्द भएको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ३४ अंकले घटेर ४४७ दशमलव ४५ विन्दुमा पुगेको छ । आज १३ उपसूचक मध्ये २ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकीको घटेको छ ।
आज सेयर बजारमा ४ अर्ब ८४ करोड भन्दा बढीको कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजारमा ३२२ कम्पनीका १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर ६५ हजार २५८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।