MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

पशु बीमा कम्पनीलाई ४८ करोड

काठमाडौं । सरकारले पशु बीमा कम्पनीलाई सहज बनाउन करिब पचास करोड रुपैयाँ उपलव्ध गराउने गरी स्वीकृति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले बीमा कार्यलाई सहयोग गर्न यति बजेट उपलव्ध गराईएको जानकारी दिएकी छन् ।

सोमबार काठमाडौको प्रोलिफिक माध्यमिक विद्यालयमा आयोजित दुधपान कार्यक्रममा बोल्दै मन्त्री साहले पशु बीमा कम्पनी चलायमान बनाउन ४८ करोड स्वीकृति भएको बताईन् । दुध उत्पादन गरेअनुसार जुन खालको बिक्री वितरण हुनुपर्नेमा त्यो हुन नसकेको भन्दै मन्त्री साहले बिक्री वितरण बढाउन आवश्यक रहेको बताईन् ।

प्रकाशित समय १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु