1100×100 Nabil Advert

प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिए सदन चल्दैन : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घट्नामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालालगायतलाई पक्राउ गर्न दबाब दिएका छन् । शाहीले प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी पनि दिए । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले आफ्नो दलको कार्यक्रममा रुमलिएर संसदमा नआउने तर दोष राप्रपालाई दिने भन्दै आक्रोश व्यक्त गरे । बालकुमारी घट्नामा दोषी देखिएका मन्त्री ज्वालालगायतलाई प्रक्राउ किन नगरेको भनेर प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी दिएका हुन् ।

उनले भने,‘क्यालेण्डर लागू गरिएको छ । कार्यव्यवस्था समिति बनाइएको छ । सभामुखले बेला बेला बैठक बोलाउनुहुन्छ । तपाइँहरु चाहीं गोदावरीमा पार्टीको कार्यक्रम भनेर त्यहीं रुमलिने र संसदमा नआउने ? एक महिनामा चारपाँच पटक भन्दा बढी संसद चलाउन नसक्ने अनि हामीलाई दोष दिने ? आज प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो ? हत्या गरेका हत्यारालाई पक्राउ किन नगरेको ? रोष्टमबाट जवाफ चाहिन्छ । होइन भने संसद चल्दैन।’

सांसदले जनताका आवाज राख्दै जाने, सभामुखले टाउको हल्लाइरहने, मन्त्री र प्रधानमन्त्रीले जवाफ नदिने भए यो संसद किन चलाउन पर्‍यो ? उनको प्रश्न छ । सरकारको जवाफ नआउने भए सँधैका लागि संसदलाई छुट्टी दिएर रत्नपार्कको खुला मञ्चमा गएर भाषण गरे भइहाल्यो नि, शाहीले आक्रोश पोखे ।

प्रकाशित समय १३:०६ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु