1100×100 Nabil Advert

सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गरिने

काठमाडौं । शहरी विकास मन्त्री सिता गुरुङले, सरकारले सय वर्ष पुरानो प्रतिनिधि सभा भवन संरक्षण गर्ने तयारी गरिरहेको जानकारी दिएकी छिन् । बुधवार राष्ट्रिय सभा अन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले, टेण्डर आह्वान गरी श्रोत सुनिश्चीतता गरेर मंसिरबाट भवनलाई हिजो जस्तो थियो सोही रुपमा संरक्षण गर्ने गरी तयारी गरिएको बताइन् ।

उनले भनिन्, ‘प्रतिनिध सभाको पुरानो भवनको १०० वर्ष पुरानो ईतिहासका कुराहरु जस्ताको त्यस्तै राख्ने विषयमा हामी सबै प्राविधिक हिसाबले र त्यसको महत्वको हिसाबले जस्ताको त्यस्तै राख्ने कोशिश गर्दैछौं । अहिले परामर्षको काम भइरहेको छ । यसको रिपोर्ट आएपछि अगाडी बढाउँछौं । टेण्डर आह्वान गरेर श्रोत सुनिश्चीतता गरेर मंसिरबाट यो कार्यलाई अगाडी बढाउन सक्छौ । पूर्ण रुपमा हिजो जस्तो थियो त्यसैलाई उजागर गर्ने तयारीमा छौं ।’

उनले जेष्ट नागरिक आवास तथा अस्पतालको कुरामा पनि वहुवर्षिय स्रोत सुनिश्चीत भएपछि प्रकृया अगाडी बढाउँने तयारीमा रहेको बताईन् । श्रोत सुनिश्चित भएको दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने उनको दाबी छ । त्यस्तै जेष्ठ नागरिक आवास तथा अस्पताल निर्माणका लागि भने जग्गा एकिन हुन बाँकी रहेको उनले बताइन् ।

उनले भनिन्, ‘जेष्ट नागरीक आवास तथा अस्पतालको कुरामा जग्गा एकिन भयो भने रकम पनि छुट्टी सकेको कारणले यसलाई बहुवर्षिय सुनिश्चीतता नगरी ठेक्का लगाउन पाउँदैन् । बहुवर्षियको श्रोत सुनिश्चित भएपछि अगाडी बढाउँछौं त्यसको प्रकृयामा नै छौं । हामी त्यो भयो भने दुई वर्ष भित्रमा निर्माण सम्पन्न सक्छौं ।’

प्रकाशित समय १५:२४ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु