नेपालको चीनसँग मित्रता र भारतसँग नाता छ : कांग्रेस नेता निधि

राजस्थान, भारत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत र चीन दुई ठूला देशको बीचमा रहेको नेपाल बाघ भएको बताएका छन् । जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधि नेपाल स्वाभिमानी मुलुक भएको बताएका हुन् । नेपाल इतिहासमा पनि कहिल्यै कसैको उपनिवेशमा नरहेको जनाउँदै निधिले भने, ‘चीनसँग नेपालको मित्रता छ, भारतसँग नाता छ ।’
त्रेतायुगमा सीता र रामको बिबाह भएको चर्चा गर्दै निधिले नेपाल भारतबीच बेटी रोटीको सम्बन्ध रहेको पनि जनाए । नेपाललाई भारत बिरोधी देशका रुपमा नबुझ्न नेता निधिले भारतीयहरुलाई आग्रह गरे । नेपालमा भारत विरोधी कोही पनि नभएको भन्दै उनले नेपालका कम्युनिष्टहरुले समेत भारतमा भूमिगत जीवन बिताएको सन्दर्भ उल्लेख गरे ।
कार्यक्रममा जनार्दन राय नागर राजस्थान विद्यापीठका उपकुलपति शिबसिं सारंगदेवले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको बताए ।
प्रकाशित समय १२:४१ बजे