1100×100 Nabil Advert

मन्त्रिपरिषद् विस्तार : ९ दलमध्ये ८ दलका १२ मन्त्रीहरुले लिए शपथ

काठमाडौं । ९ दलमध्ये ८ दलका थप १२ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।शुक्रबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले ८ दलका १२ मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डाक्टर बेदुराम भुसाल कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, कांग्रेसका डाक्टर प्रकाशशरण महतले अर्थमन्त्रालयको सपथ लिएका छन् ।

यस्तै, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक, नेसपाका महिन्द्र राय यादवले महिला बालबालिका, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग र कांग्रेसकै सिता गुरुङले शहरी विकासको रुपमा शपथ लिएका छन्् । यसअघि भौतिक मन्त्रालयमा रहेको नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको छ ।

प्रकाशित समय १७:२३ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु