नबिलले कोरोनाको कहरमा ल्याएको बचत खाता सफल

काठमाडौं । सम्पूर्ण देश नै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा ग्राहक वर्गको माग तथा समयसापेक्ष सेवा दिने हेतुले नबिल बैंकले Nabil Gen-N Account ल्याएको थियो । यो नयाँ सोच र नयाँ जोश बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको हुरुवात गरिएको नबिल बैंकले जनाएको छ । यसमा एनसेल/एनटिसी दुई जिबी प्याकेजको विशेष सुविधाका साथै थुप्रै प्रविधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको छ ।
यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु सञ्चालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्किई Nabil Gen-N Account खोली लाभ लिन सकिने छ ।
कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता सञ्चालनमा आएको एक वर्ष नपुग्दै एक लाखभन्दा बढी ग्राहकहरुलाई समाहित गर्न पाउँदा गौरवान्वित भएको नबिल बैंकले जनाएको छ ।
सन् १९८४ देखि ग्राहकहरुलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैकिङ विकासको इतिहासमा कोशेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
प्रकाशित समय १७:५२ बजे