अब घरमै बसी–बसी माछापुच्छ्र्र्रे बैंकमा खाता खोल्न सकिने

प्रविधिले मानिसलाई हरेक दिन सहज बनाउँदै लगेको छ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । यस्तो मौका जुराएको हो माछापुच्छ्रे बैंकले । माछापुच्छ्रे बैंकको अनलाइन खातामार्फत् विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । अनलाइन खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाईटमा गई अनलाईन खाता खोल्ने फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट, आइ–प्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी माछापुच्छ्रे बैंकले दिएको छ ।
माछापुच्छे्र बैंकले हालसालै बचत खातामा प्रदान गर्दै आएको ब्याजदरसमेत वृद्घि गरी ७ प्रतिशत पु¥याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्नेछन् । यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधासहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५ प्रतिशतसम्मको उत्कृष्ट ब्याजदर दिंदै आएको छ ।
माछापुच्छे्र बैंकका कूल ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरलगायत २८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११६ स्थानबाट सम्पूर्ण बैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । बैकका देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा छन् । माछापुच्छ्रे बैंकले पछिल्लो समय नेपालमै सबैभन्दा आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’ सञ्चालनमा ल्याएको छ । जसबाट चौबीसै घण्टा आफ्नो खाताको व्यालेन्स, खाताको विवरण, नजिकका शाखा, एटिएम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, व्याजदर, वित्तीय साक्षरतालगायतका जानकारीहरु पाउन सहज भएको छ ।
प्रकाशित समय १४:३६ बजे