V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

उद्योगहरुको प्रवर्धन गर्न वेसरेटमा दुई प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्नुहोस् : परिसंघ अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाई एवं शुभकामनासहित मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरुको मनोबल खस्किएको बताउनुभयो ।

उहाँले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतीका लागि धन्यवाद दिंदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गर्नुभयो । उहाँले मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले बैंकलाई कर्जाको किस्ता तिर्नसक्ने अवस्था नभएकाले बिना प्रोभिजन ऋणको पुनःसंरचना, पुनःतालिकिरण गरी सहयोग गर्नुपर्ने बताउनुभयो । यस्तै उहाँले उद्योगहरुको प्रबद्र्धन गर्न वेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष अग्रवालले चालुपूँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाईमा एकरुपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना तथा तत्काल संचालन गर्न आग्रह गर्नुभयो ।

संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडि बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराउनुभयो । उहाँले परिसंघले दिएका कतिपय सुझाव बैंकहरु तथा संघले आफैं पनि गर्नसक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो । उहाँले अहिले बैंकहरुको प्रमुख समस्याको रुपमा बढ्दो ‘ननपर्फमिङ लोन’ रहेको बताउनुभयो । उहाँले ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई समेत आग्रह गर्नुभयो ।

संघका नवनिर्वाचित कार्यसमिति र परिसंघ सदस्यहरुबीच भएको अन्तरक्रियामा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित परिसंघ नेशनल काउन्सिल सदस्यहरु, नेपाल बैकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्यहरु अजय विक्रम शाह, दिपककुमार डे, सल्लाहाकार अशोकशमसेर राणालगायत हुनुुहुन्थ्यो ।

प्रकाशित समय १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010