V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

स्वदेशी लघुवित्तको ७३ औं शाखा कैलालीको मसुरीयामा

कैलाली । चर्चित लघुवित्त वित्तीय संस्था स्वदेशी लघुवित्तले आफ्नो ७३ औं शाखा कैलालीको मसुरियामा खोलेको छ । सर्वसाधारणलाई सहज र सुपथ तरिकाले वित्तीय सेवा प्रदान गर्ने उद्देश्यसहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७३ औं शाखा कैलाली गौरिगंगा नगरपालिकास्थित मसुरियामा विस्तार गरिएको हो । शाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको गौरिगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवाले विपन्न वर्गका जनतालाई साँच्चै नै वित्तीय सेवा पुग्ने गरी कार्य गरेमा उक्त क्षेत्रमा लघुवित्तको अत्यन्तै सम्भावना रहेको बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको गौरिगंगा नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष दलबहादुर कुमाल र स्वदेशी लघुवित्तका वरिष्ठ अनुगमन अधिकृत पुष्टबहादुर पाण्डे थिए । त्यसैगरी नेकपाका प्रतिनिधि टंक भण्डारी, नेपाली कांग्रेसका कृष्ण खड्का, गौरीगंगा इलाका प्रहरी कार्यालयका इलाका प्रमुख गोपाल कार्की, गौरीगंगा नगरपालिकाका–९ कि सदस्य गोमा भण्डारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम ‘मेहनती कहिल्यै भोको रहँदैन, उद्यमी कहिल्यै बेरोजगार हुँदैन’ भन्ने नाराका साथ सञ्चालन भएको थियो । शाखा प्रमुख मधुसुदन निरौलाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै निरौलाले जनताको सेवा र सुविधाको निमित्त आफू हरपल, हरदम तयार रहेको र देशमै गौरीगंगालाई नमुना शाखाको रुपमा स्थापित गर्नको निमित्त आफू र स्वदेशी परिवार तयार रहेको बताएका थिए ।

प्रकाशित समय १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010