V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

चाडपर्वको अवसरमा सिटी एक्सप्रेसको निःशुल्क बस सेवा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने ‘निःशुल्क बस सेवा’ शुरु गरेको छ । यो निःशुल्क बससेवा असोज १७ गतेदेखि २३ गते सम्म त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शुरु भई रिङ्गरोड परिक्रमा गर्नेछ । वैदेशिक रोेजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरी महान् चाड दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस् भन्ने भावना सहित सो सेवा शुरु गरिएको हो । उक्त उद्घाटन कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टन्डन, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडल सिजन २ का ११ जना टप फाइनलिस्टहरुले संयुक्तरुपमा रिबन काटी यो सेवा शुरु गरिएको छ । यो सेवाले विदेशबाट स्वदेश फर्कने नेपालीहरुलाई सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010