1100×100 Nabil Advert

सन नेपालद्वारा बैदेशिक रोजगार जीवन बीमा लेखको कारोवार प्रारम्भ

काठमाडौं । जीवन बीमाको क्षेत्रमा उदीयमान सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा समितिबाट जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बीमालेख सम्वन्धी निर्देशन बमोजिम आवश्यक प्रक्रिया पूरा गरी बीमालेख जारी गर्ने कार्य प्रारम्भ गरेको छ । वैदेशिक रोजगारीको लागि श्रम स्वीकृती लिई जाने कामदारहरुको लागि उमेर र बीमा अवधिको आधारमा एकमुष्ठ बीमा शुल्क लिई १० लाख रुपैयाँ बराबरको बैदेशिक रोजगार (म्यादी) जीवन बीमा लेख जारी गरिन्छ । जसमा बीमा गर्दा १५ वटा घातक रोगको पनि अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था रहेको छ । यसबाट बैदेशिक रोजगारमा गएको बखत जुनसुकै किसिमको दूर्घटना भए पनि बीमा गरिएको व्यक्ति तथा उसका परिवारले बीमावापत पाउने रकम पाउनेछन् ।

प्रकाशित समय २२:११ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु