V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

अपर आँखुखोला जलविद्युत आयोजना आठ अर्ब लागतमा निर्माण हुने

उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने

काठमाडौं । अपर आँखुखोला जलविद्युत परियोजना निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रो प्रालिबीच विद्युत व्यापार सम्झौता (पिपिए) सम्पन्न भएको छ । ३८ मेगावाट क्षमताको उक्त आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ । उक्त योजनाको लागत करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कूलमान घिसिङ्ग र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले हस्ताक्षर गरेका छन् । सम्झौताका अवसरमा कम्पनीका सञ्चालकहरु श्रीमती सम्झना अर्याल र अभिमत सुमार्गी पनि सहभागी थिए । राजधानीको नजिकमा रहेको आँखु करिडोरको यो आयोजना नेपालका उत्कृष्ट आयोजनामा पर्दछ ।

प्रकाशित समय २१:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010