V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

सेञ्चुरी बैंकले सञ्चालन गरेको शिविरमा डेढ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार नेतृत्वको टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा ईसिजी तथा मुटु सम्बन्धी अन्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहकवर्ग, शेयरधनी, कर्मचारीलगायत सर्वसाधारण गरी उक्त शिविरमा १५० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
सेञ्चुरी कमर्सियल बैंकका दशवटा शाखारहित बैकिङ सेवासहित देशभर कूल १२२ स्थान तथा ६ वटा एस्क्टेन्शन काउण्टरबाट ग्राहकहरुलाई बैकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010