V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

आइएमईले ल्यायो ‘दशैंमा बीस लाख’ योजना

काठमाडौं । रेमिट्यान्सको पयार्य बनेको नेपालकै नम्बर वान रेमिट सेवा प्रदायक आइएमई लिमिटेडले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागू हुनेछ । यो योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् ।

आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमुखी र व्यवसायिक साझेदारमुखी योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश–विदेशमा रहेका लाखौं सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको हो । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्कगरी ‘लक्की ड्र’बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत १ हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख रुपैयाँ नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख रुपैयाँ नगद प्रदान गरिने छ । नेपाली समुदायमा मनाइने विभिन्न साँस्कृतिक पर्वहरूमा आफ्ना लाखौं सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापनाकालदेखि नै गर्दै आइरहेको छ ।

‘लक्की ड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिशबमोजिम नेपालमा बस्ने आफन्तलाई समेत पुरस्कार प्रदान गरिने छ । सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्ने छ । आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् । विजेताले प्राप्त गर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिने छ । योजनाको सर्वाधिकार कम्पनीमा निहित हुने पनि कम्पनीले जनाएको छ । विस्तृत जानकारी कम्पनीको आधिकारिक वेवसाइट, सामाजिक सञ्जाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीय सम्पर्क कार्यालय एवम् प्रतिनिधि, विदेशस्थित सम्बन्धित कार्यालय, केन्द्रीय कार्यालय एव सञ्चार माध्यममार्फत् प्राप्तगर्न सकिने कम्पनीले जनाएको छ । आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १ सय ८१ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको आइएमई गु्रपका जनसम्पर्क प्रमुख राजु पौडेलले जनाएका छन् ।

प्रकाशित समय २२:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010