MoBank GIF (1200×120)_New
Nabil add_1100x100
GIBL 1000 x 100

स्वदेशी लघुवित्तको सहयोगमा विद्यालयमा वक्तृत्वकला

सुनसरी । संविधान दिवसको अवसर पारी स्वदेशी लघुवित्तको सहयोगमा इटहरी–८ सुनसरीस्थित सरस्वती सदन माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस मनाउने क्रममा साँझमा दीपावली गरेको विद्यालयले संविधान दिवसमा स्वदेशी लघुवित्त वित्तीय संस्थाको सहकार्यमा प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरेको थियो भने सोही दिन ‘हाम्रो सविधानमा महिलाको अधिकार’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा २० जना विद्यार्थीले भाग लिएका थिए ।

वक्तृत्वकला कार्यक्रम पनि स्वदेशी लघुबित्त वित्तीय संस्थाको प्रायोजनमा भएको विद्यालयले जनाएको छ । ८, ९ र १० कक्षाका विद्यार्थीले भाग लिएको प्रतियोगितामा अनुषा पौडेल, तोहिद हुसेन, प्रनिसा अधिकारी र अनु अधिकारीले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार हात पारेका थिए । कक्षा ११ का विद्यार्थीबीच पनि सोही शीर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा छात्रातर्फ प्रवीण अधिकारी र छात्रातर्फ दीक्षा चौधरी पुरस्कृत भएका थिए । विद्यालयका प्रधानाध्यापक वासुदेव कर्णको अध्यक्षता तथा स्वदेशी लघुवित्त वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रकाशित समय २२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु