1100×100 Nabil Advert

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेशनल २०१८, सिजन ४ का प्रतियोगीहरुले आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन् । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुन लागेको चौथो संस्करणको मिसेस नेपाल इन्टरनेशनल २०१८ अन्तर्गतको ट्यालेन्ट राउण्डमा सहभागीहरुले आप्mना प्रतिभा प्रदर्शन गरेका हुन् । ट्यालेन्ट शोमा प्रतियोगीहरुले अभिनय, नृत्य, गीत संगीत, चित्रकला, वक्तृत्वकला लगायतका कला प्रदर्शनी गरी निर्णायक मण्डल, दर्शक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए । ट्यालेन्ट शोमा रंगकर्मी विरेन्द्र हमाल, नृत्य निर्देशक गोविन्द राई, अभिनेत्री अरुणा कार्की र निर्देशक सुमन दाहाल निर्णायक रहेका थिए ।
विभिन्न पेसामा आबद्व तथा गृहिणीका रुपमा रहँदै आएका विवाहित महिलालाई समाजप्रति उत्तरदायी बनाउँदै उनीहरुको आत्मविश्वास र व्यक्तित्व विकासमा सघाउ पु¥याउन यो प्रतियोगिता गर्न लागिएको इभेन्ट निर्देशक निशुकान्त झाले बताए । उनका अनुसार यस वर्षको बिजेताले सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल २०१८ मा भाग लिन पाउने छन् भने पुरस्कारस्वरुप एक शानदार स्कुटर पाउने छन् । प्रतियोगिताका प्रतियोगीहरुलाई नयाँ बानेश्वरस्थित होटल अर्यालमा विभिन्न विज्ञहरुद्वारा व्यक्तित्व विकास, अन्तर्राष्ट्रिय मोडलिङ वर्कसप, ग्रुमिङ, क्याटवक, शृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण प्रदान गरिएको छ ।

अश्विनी झाको कोरियाग्राफी र कार्यक्रम सञ्चालन तथा रेनु सेञ्चुरी र सम्राट शाहको संयोजनमा हुने प्रतियोगितामा अन्तिम स्पर्धामा नर्बदा सोराली, रबिना परिायार, सरस्वती थापा, शान्ति बडे, बिना मगर जोशी, शर्मिला श्रेष्ठ, नम्रता गिरि, अर्चना रिमाल, रश्मी कार्की, प्रमिक्षा पोख्रेल, मनिशा पाण्डे, रिज्जी सेडाई, प्रियंका खनिया, विष्णु राना, अनिला महर्जन, तेजमाया लिम्बु, चन्दा थापा गिरी, अनिता विश्वकर्मा, श्रृष्टि महर्जन, दिपा थपलिया, सविता देउला, वविता राई, सुक्ति खनाल, लक्ष्मी लिम्बु, प्रतिमा शर्मा, स्मृती श्रेष्ठ, मनिसा राजथला, जुनु शर्मा, रुपा शिवाकोटी, केशरी ढकाल, विमला नुगो लिम्बु, दिपिका बर्मा, अनिता बिमली, श्रीलक्ष्मी श्रेष्ठ थापा, मिलन शाह, राधा रिमाल र सपना प्रधानाङ्गले स्पर्धा गर्दैछन् ।

प्रकाशित समय २१:२२ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु