1100×100 Nabil Advert

चिन्तामणिले खुवाए चिन्तामणिलाई शपथ

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्ष चिन्तामणि भट्टराईलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शपथ खुवाएका छन् । भट्टराईलाई हालै सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चुनिएको थियो । नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । सो अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, लुम्बिनी विकास बैंक लिमिटेडका सञ्चालकहरु प्रविणकृष्ण श्रेष्ठ, प्रतापकुमार आचार्य, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा कम्पनी सचिव प्रजन प्रधानको उपस्थिति रहेको थियो ।

प्रकाशित समय २२:२६ बजे

GIBL Advert 200x200_1
Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु