V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एनसेलका ग्राहक जाकिर र हरिले पाए एक–एक लाख नगद

बाँकी आठ लाख को–को भाग्यमानीले पाउलान् ?

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडबाट दुई जना ग्राहकहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठले एक एक लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । नजिकिदै गरेको चाडपर्वको अवसरमा एनसेलले ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो । पहिलो हप्ताका विजेताहरु छानिएका छन् । १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले जनही नगद रु एक लाख पुरस्कार पाएका छन् । तीन अन्य विजेताहरुले आफ्नो पुरस्कार अर्को हप्ता लिने जनाएकाले कम्पनीले सोही अनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकहरुसँगै पुरस्कार हस्तान्तरण गर्नेछ । पहिलो हप्ताका थप पाँच विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भई रहेको छ र प्रक्रिया समापन लगतै नगद पुरस्कार प्रदान गरिनेछ । एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्रकुमार भट्टचनले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ ती दुई विजयीहरुलाई जनही एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् । ‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् । यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद रु एक लाख नगद पुरस्कार पाउँछन् यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद रु एक लाख नगद पुरस्कार पाउँछन् र यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने छ ।
यो योजना साप्ताहिक चक्रमा संचालन भइरहेको छ, जसको शुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबारदेखि शनिबारसम्मको अबधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा उनीहरुले एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् । उदाहरणको लागि ग्राहकले आइतबारदेखि शनिबार सम्ममा रु २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् । प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिनेछ । बाँकी आठ हप्ताको आठ लाख रुपैयाँ पुरस्कार को–को हाग्यमानील पाउँछन्, त्यो भने भविष्यले नै देखाउने छ । चर्चित व्यक्तित्वहरुको उपस्थितिमा हुने सो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने एनसेलले जनाएको छ ।

प्रकाशित समय १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010