V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

एनएमबि बैंकका कर्मचारीको कार्यदक्षता बढाउने जिम्मेवारी एनबीआईलाई

एनएमबि बैंकका कर्मचारीहरुको दक्षता अभिबृद्धिका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआई)सँग सम्झौता भएको छ । हालैमात्र एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार एनबीआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । एनएमबि बैंकले आफ्ना कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्यूनतम ५० लाख बराबर रकमको वार्षिक तालिम सञ्चालन गराउने छ । तालिमले बैंकका कर्मचारीको दक्षता अभिबृद्धि भई बैंकलाई अझै प्रगतिपथमा लम्काउन सहज हुने बताइन्छ ।

प्रकाशित समय १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010