सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजना सार्वजनिक

काठमाडौं । विपे्रषण सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘लखपति एक्सपे्रस’ योजना सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड विजया दशमी, तिहार तथा छठलाई लक्षित गरी सिटी एक्सपे्रसले ९० दिने ‘लखपति एक्सप्रेस’ उपहार योजना घोषणा गरेको हो । यो योजनाअन्तर्गत लक्की ड्र मार्फत् दैनिक १२ जना उपभोक्ताहरुले २ सय रुपैयाँको मोबाइल टप–अप जित्न सक्नेछन् भने साप्ताहिक रुपमा तीन जनाले १० हजार रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले १ लाख रुपैयाँ उपहार प्राप्त गर्नसक्ने सिटी एक्सपे्रसले जनाएको छ । यो लखपति योजनाको महत्वपूर्ण पुरस्कार भने सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालि १२ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा प्रदान गरिने र त्यसको रकम १२ लाख रुपैयाँ हुने कम्पनीले जनाएको छ । विगत ११ वर्षदेखि विपे्रषणको क्षेत्रमा कार्यरत सिटी एक्सपे्रस मनि ट्रान्सफरले दैनिक, साप्ताहिक र मासिक विजेताहरुले समेत बम्पर उपहारका लागि सहभागी हुन पाउने जनाएको छ । ‘लखपति एक्सप्रेस’ अफर असोज १ गतेदेखि मंसिर २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । सो अवधिभर सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सेवाग्राहीहरु यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको छनौट विद्युतीय प्रणालीद्वारा गरिने कम्पनीले जनाएको छ । सिटी एक्सपे्रसले गतवर्षको दशैं, तिहार र छठलाई लक्षित गरी राजधानीमै घडेरीको योजना ल्याएको थियो ।
प्रकाशित समय १६:४५ बजे