1180_110px 89th anniversary_Nepal Bank
850×150-NIMB

आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त

कम्पनीलाई नयाँ आयाम उत्कृष्ठ बनाउने प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । सन् १९९८ देखि नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैकिङ्ग क्षेत्रमा पाइला चालेका भट्टले २०११ सम्म आइपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको अनुभव रहेको छ । तत्पश्चात भट्टले मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए । पछिल्लो समयमा विभिन्न बैंक तथा वित्तीय संस्थालगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध रहेर काम गर्दैै आएका भट्टसँग रेमिट टु नेपाल प्रालिको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभवसमेत छ ।
कम्पनीको सञ्चालक समितिसमक्ष प्रमुख कार्यकारी अधिकृत पदको शपथ ग्रहण गर्दै भट्टले आफूसँग रहेको कार्यअनुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गर्न आफू सदैव प्रयासरत रहने प्रतिबद्धता जाहेर गरेका छन् । कम्पनीलाई हालको स्थितिसम्म पु¥याउन सहयोग गर्ने नियमनकारी निकायहरु बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, शुभचिन्तकलगायत सबै पक्षलाई धन्यवाद दिंदै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा रहेको बताएका थिए । आईएमई गु्रप अन्तर्गत सञ्चालित आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले पछिल्लो समय निकै आक्रामकरुपमा शाखाहरु विस्तार गरी विभिन्न ठाउँमा बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय २१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु