आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता
विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

काठमाडौं । आइएमई पे र सिटी एक्स्प्रेसवीच सम्झौता भएको छ । सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकहरुले सिधैं आइएमई पे वालेटबाट दावी गरी पाउन सक्नुहुन्छ । सम्झौता ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम झन्झटबिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको हो ।
यो सुबिधा केही समय पश्चात् लाईभ हुनेछ र लागू गरे पश्चात् ग्राहकवर्गहले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्नुहुनेछ । ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आइएमई डिजिटल सोलुशन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल सोलुशन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आइएमई डिजिटल सोलुशन लिमिटेडले ‘आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर मार्फत् भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने, विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानी, विद्युत तथा खानेपानीको महशुल भुक्तानी, लोकसेवा परिक्षार्थीहरुले बुझाउन पर्ने आवेदन दस्तुर, राहदानी दस्तुर भुक्तानी, आन्तरिक राजस्व विभाग तथा कार्यालयहरुको कर तथा राजस्व भुक्तानी, स्थानीय सरकार अन्र्तगतका नगर तथा वडा कार्यालयहरुलाई बुझाउन पर्ने राजस्व, कर तथा दस्तुर भुक्तानी, ट्राफिक जरिवानालगायत स्कुल तथा कलेजको शैक्षिक शुल्क, इन्टरनेट सेवा, हवाई यातायात, केबलकार, बिमा, इएमआई, पुँजीबजार आदि विभिन्न क्षेत्रहरुमा अनलाईन भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटल सोलुशन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण नेपाली जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।
प्रकाशित समय १९:४५ बजे