V3-NCD-Screening-month-Advertisment
NIMB Add_1100x110

जनता बैंकको भीसाकार्डले अनलाइन स्टोरहरुमा सहजता

विदेशी विश्वविद्यालय तथा कलेजहरुको खातामा सोझै फि तिर्न सकिने

काठमाडौं । इन्टरनेटको प्रयोगमा भएको बृद्धिसँगै सोको माध्यमद्धारा बजारमा विभिन्न किसिमका वस्तु तथा सेवाको खरिद बिक्री पनि बढ्दो क्रममा रहेको छ । समयअनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेटमार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरेको छ । जनता बैंकका कार्डहोल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट सामान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन्, जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने छ । सो सेवा लिनका लागि ग्राहकसँग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवा प्रयोग गरेबापत कुनै थप शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको जनता बैंक लिमिटेडले जनाएको छ । बैंकले विदेशस्थित विश्वविद्यालय तथा कलेजसँग सम्बन्धित विभिन्न शुल्कहरु सम्बन्धित विश्वविद्यालय तथा कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत शुरुवात गरेको जनाएको छ । भिसा इन्टरनेशनलको ‘भेरिफाइडबाई भिसा’ मा आधारित यो प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबार पूर्णसुरक्षित रहेको छ । यस सेवामार्फत सुरक्षित रुपमा नगदरहित कारोवारलाई प्रोत्साहन गर्नुको साथै विदेशमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झन्झटरहित भुक्तानीको अवसर प्राप्त हुने विश्वास लिइएको जनता बैंकले जनाएको छ ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Prabhu_Bank20240424-WA0010