एनएमबि बैंकबाट विनाधितो सहुलितपूर्ण कर्जा पाइने
गम्भीर रोगमा १० लाखसम्मको बीमाको व्यवस्था

काठमाडौं । एनएमबि बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा योजना ल्याएको छ । नेपाल सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याजअनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५’ अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत ‘एनएमबि सहुलियतपूर्ण कर्जा’ योजना ल्याएको छ । ‘एनएमबि सहुलियतपूर्ण कर्जा’ लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरुमा लक्षित छ, जसअन्तर्गत सात प्रकारका कर्जाहरु विनाधितो प्रदान गरिनेछ । उक्त कर्जाहरु सहुलियतपूर्ण ब्याजदरमा बैंकले उपलब्ध गराउने छ । फलस्वरुप विपन्न वर्गका जनताको उद्यमशिलता तथा व्यवसाय विस्तार गरी दीगो आर्थिक बृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले प्रदान गर्ने व्याज अनुदानअन्तर्गतका कर्जाहरु
- एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा– रु. १० लाखसम्म
- एनएमबि शिक्षित युवा स्वरोजगार कर्जा– रु. ७ लाखसम्म
- एनएमबि वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा– रु. १० लाखसम्म
- एनएमबि दलित समुदाय व्यवसाय विकास कर्जा– रु. १० लाखसम्म
- एनएमबि भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा– रु. ३ लाखसम्म
- एनएमबि महिला उद्यमशीलता कर्जा– रु. १५ लाखसम्म
उपरोक्त कर्जाका अतिरिक्त कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी एनएमबि बैंकले बैंकिङ्ग क्षेत्रमा नौलो ‘अग्रणी महिला कृषि कर्जा’ पनि संचालनमा ल्याएको छ । जस अन्तर्गत उत्पादन लागतमा आधारित रही १५ लाख रुपैयाँसम्मको कर्जा महिला कृषकहरुले प्राप्त गर्न सक्नेछन् । यसैगरी बैंकले निक्षेपकर्ताहरुलाई थप सुविधा प्रदानगर्ने उद्देश्यले ‘एनएमबि सहारा बचत खाता’ अन्तर्गत विभिन्न १८ वटा गम्भस्र रोगहरु, दूर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँसम्मकोे बीमा सुविधा उपलब्ध गराउने बताएको छ । बैंकले यस निक्षेप योजनामा सर्वाधिक ७ प्रतिशत ब्याज उपलब्ध गराउने जनाएको छ ।
एनएमबि बैंकका प्रमुखकार्यकारी अधिकृत सुनिल केसीले भने– ‘एनएमबि बैंकले दीगो आर्थिक बृद्धि तथा मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोले हरेक सेवा सुविधाउक्त उद्देश्य लक्षित हुने हाम्रो प्रयास रहेको छ । यसले अन्य बैंकभन्दा एनएमबि बैंकलाई फरकरुपमा प्रस्तुत गरेको छ । उपरोक्त कर्जाहरुले हाम्रा ग्राहकहरुको दीर्घकालिन आर्थिक उन्नतीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।’
प्रकाशित समय १८:५२ बजे