गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । हलोदेखि हाइड्रोसम्मको नारा लिएर सञ्चालित मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौं रकम उपभोग र विलासितामा खर्च भइरहेको बताउँदै मेयर सापकोटाले अब मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न इन्द्रगौडा र भुवाचिदीबासीलाई सजिलो भएको बताए । सो अवसरमा उनले नगरपालिकाको वडा न. ५ र ६ को वृद्घाभत्ता मेगाको शाखारहित बैंकिङ्ग हुने पनि बताए । वडा न. ५ का वडाध्यक्ष भागीरथ खरेल र वडा नं ६ का वडाध्यक्ष खड्कबहादुर खड्काले बैंकहरु विश्वासमा चल्ने संस्था भएकाले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो–छरितो रुपमा सेवा दिनुपर्ने बताए । शाखा प्रबन्धक पन्थीले शाखारहित बैकिङ्ग प्रतिनिधिसँग भएको मेसिनबाट खाताको रकम झिक्न खातावालाको औंठाछाप अनिवार्यरुपमा राखिने हुँदा खातावालाको रकम सुरक्षित रहने बताए । उनले ढुक्क भई मेगा बैंकको अत्यधिक बैंकिङ सेवाको रुपमा रहेको शाखारहित बैकिङ सेवाको सुविधा उपभोग गर्न सबैलाई आग्रह गरे । गाउँ–गाउँमा बैंकहरुले शाखारहित बैकिङ सेवामार्फत् सर्वसाधारणले रकम बचत गर्न पाउने भएपछि गाउँलेहरु समेत हर्षित हुन थालेका छन् ।
प्रकाशित समय १५:१२ बजे