1100×100 Nabil Advert

ग्लोबल आइएमई बैंक शाखारहित बैकिङ्ग सेवा विस्तार गर्दै

चितवनको कुमरोजमा खोल्यो १०३ औं शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले हालैमात्र चितवनको खैरहानी–१२ कुमरोजमा आफ्नो नयाँ शाखारहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवासँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०३ पुगेको छ । बैंकले चितवन जिल्लाको खैरहानी नगरपालिका–१२ कुमरोजमा आफ्नो १०३ औं शाखारहित बैकिङ्ग सेवा शुरु गरेको हो । उक्त शाखारहित बैकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा गरिएको छ । कुमरोजमा खोलिएको शाखारहित बैकिङ्ग सेवाको लागि स्थानीय राजेन्द्र श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यो शाखारहित बैकिङ्ग सेवा ग्लोबल आइएमई बैकको टाँडी शाखाअन्तर्गत रहने छ । शाखारहित बैकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्पmत् बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैकिङ्ग सेवा शुरु गरेको हो । ग्लोबल आइएमई बैंकले सबैक्षेत्र र वर्गसम्म बैकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि तथा सम्पर्क कार्यालयमार्फत ९ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १२:४५ बजे

Nabil 250×250
jeewan-bima-jaruri-chha-400-x-400-px

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु